इज़रायल फागुन ८,
कविता वाचन प्रतियोगिता भाग लिनु हुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्यप्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित अन्तर्राष्ट्रिय विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यहीं इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागी तथा साहित्यप्रेमीहरुका लागी कविता वाचन प्रतियोगिताको आयोजना आउँदो महिना मार्च १५ तारिक २०१४ शनिवार का दिन हुनगैरहेको छ ।
प्रतियोगिताको लागि कविताको शिर्षक "किन रोई रहेछिन जननी ? रहेको छ । उक्त प्रतियोगीहरुका लागी च्वाइस गर्न थप दोस्रो शीर्षक " म र मेरो नेपाल " थप राखिएको जानकारी समेत गराउदै त्यो समय कुनै पनि संघसंस्थाले कार्यक्रम नराखी दिनु भई सहयोग गरि दिनु हुन् अनुरोध गर्दैछौ । यस कविता वाचन प्रतियोगितामा भाग लिई सुनौलो अवसर नगुमाउन सम्पूर्ण साहित्यकार नेपाली दिदी बहिनी , दाजुभाइहरु तथा इजरायलमा संगठित रहेका सम्पूर्ण सँघसंस्थाले आ-आफ्नो संस्थामा कलम चलाउदै आउनु भएको साहित्य प्रेमीहरुलाई सहभागी गराई दिनु भइ सहयोग गरिदिनु हुन् समेत अनुरोध गर्दै सबैमा यो सुचना आव्हान गरिएको छ ।
कविताको शिर्षक : (१) किन रोई रहेछिन जननी ? वा, (२) "म र मेरो देश "
१) कविता प्रतियोगिता मार्च १५ तारिक शनिवार दिउसो ११:०० देखि शुरु भै सक्ने छ ।
२ ) कविता वाचन शुद्ध नेपाली भाषामा लेखिएको र देशको अवस्था, राष्ट्रप्रेमले ओतप्रोत भएको हुनु पर्नेछ ।
३ ) कविता कुनै पनि पत्र पत्रिकामा प्रकाशित नभएको हुनु पर्नेछ ।
४ ) कविता वाचन गर्दा प्रष्ट हुनु पर्ने र कविता शव्द हरफ ३० देखि बढीमा ४५ लाइन शब्द हरफ हुनु पर्नेछ,
५ ). रचनाहरु अन्य कृति (विशेष गरी पुस्तक) हरुमा प्रकाशित नभएको हुनु पर्ने छ।
६ ). रचनाहरुमा व्यक्ति विशेषलाई आक्षेप नलागेको हुनु पर्ने छ।
७ ). कविताको - निष्पक्ष मूल्यांकनको लागि नेपालबाट आउनु हुने साहित्यकार सर्जकहरु सम्मिलित तीन सदस्यीय मूल्याङ्कन निर्णायक समिति गठन गरिनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।
८ ) प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने रचनालाई बिशेष पुस्कर तथा प्रमाण पत्र दिइनेछ ।
९ ) कविता वाचन प्रतियोगितामा भाग लिने रचनाकारले कविता पठाउनु हुदा साथमा आफ्नो नाम ठेगाना र पासपोर्ट साइजको एकप्रती फोटो र सहमति पत्र हाम्रो विश्व साहित्य महासंघको इमेल मा पठाउनु पर्नेछ।
१० ) पुरस्कार कविता वाचन प्रतियोगिता सकिना साथ् कार्यक्रम स्थल मै वितरण गरिने छ ।
११ ) पुरस्कृत प्रथम , दोस्रो, तेस्रो , चौथो हुने तथा अन्य स्तरीय कवितालाइ समेत विश्व साहित्य महासंघबाट प्रकाशित हुने पुस्तकमा समाबेश गरिने छ ।
१२ ) कविता १ मार्च अगावै प्राप्त हुनुपर्ने छ त्यस भन्दा पछि प्राप्त रचनाहरुलाइ प्रतियोगितामा समावेश गरिने छैन ,
१३ ) तोकिएको समय सम्म प्राप्त कविताहरुमध्ये निर्णायक मण्डलले छानेको उत्कृष्ट १० रचनालाई संस्थाको फेसबुक वेभ साइटमा प्रकाशित गरिने छ।
१४ ) कविता वाचन प्रतियोगिता कार्यक्रममा १० वटा कवितालाई छानिने र सो छानिएको कविता पठाउने ब्यक्तिलाइ मात्र कविता वाचन गर्न दिइनेछ ।
१५ ) निर्णायकहरुले दिएको अंकको आधारमा क्रमश: प्रथम, द्वीतीय र तृतीय, चौथो छुट्याइने छ।
१६ ) उत्कृष्ट कवितालाई संस्थाको प्रकाशनहरू स्मरिका र वेभसाइटमा प्रकाशित गरिनेछ।
१७ ) प्रतियोगिले तोकिएको समयवधि भित्र आफूले भाग लिन चाहेको कविता संलग्न गरी प्रतिष्पर्धामा आफू सहभागी हुन चाहेको जानकारी सहितको पत्र माथि उल्लेखित ईमेलमा पठाउनुपर्नेछ
धन्यवाद :
यस प्रतियोगितामा इज़रायलमा रहनु हुनेहरु मात्र समेटिने छन् : धन्यवाद । सम्पर्क : विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा इमेल : saranepal48@gmail.com ,
सम्पर्क :
१ अध्यक्ष- काजल घिमिरे (नानु) -0587878806
२) उपाध्यक्ष -दिपेन्द्र थापा -054-9534544
३) उपाध्यक्ष -कृष्ण रायामाझी -054-576412
4) महासचिव -सुनिता (यासिन) राइ - 054-3558824
5) सचिब निशा खनाल अर्याल-054-7659453
6) कोषाध्यक्ष- धर्म भण्डारी -054- 8795860
