गजल :
जस्तो तिम्रो छैन मेरो नराम्रो त्यो स्वभाव
छैन चाह तिम्रो जस्तै त्यो रवाफ – सराव
तिमी त धनाढ्यकी छोरी कहाँ म गरिवको छोरा
छैन तिमीसँग जस्तै मसँग आर्थिक लगाव
खुल्ला हृदयले तिमी माया मलाई गर्छौ भने
जे – जस्तो भएपनि छ मात्र तिम्रो अभाव
झुठो कसम नखाउ तिम्लाई पाप लाग्नेछ
यदि तिम्ले धोका दिए हुनेछ म मा तनाव
अर्ध नग्न सँधै डिस्को प्याला चुम्दै नाच्नुपर्ने
कसरी विश्वास गरुँ खै मौसम छ खराव ।
मानन्धर अभागी