गजल :
तिमीलाई सामु देख्दा दिउसै नी राती लाग्छ
म प्रतिको तिम्रो हेराइ बेसुमार घाती लाग्छ |
तिम्रो हात समाएर काटे आधा जिन्दगी यो
साथ हिड्नु भन्दा बरु एक्लै हिड्न जाती लाग्छ |
मान्छे तिमी फेरियौ की ब्याबहार फेरीएको ?
अमृत झैँ बोली तिम्रो साच्चै तितेपाती लाग्छ |
भाग्य मेरो उस्तो हैन बुद्धि उस्तो होला भन्दै
खुशी हुन खोज्छु संधै आँशुको नै ताँती लाग्छ |
दुख्ने पाटो बिर्शिएर सम्झाउँदा आँफैलाई
बढ्दै जाँदा दु:ख पीडा अजङ्गको हाती लाग्छ |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजराइल