परमधाम
रोएर बसे छु यहाँ एक कुनामा
तिम्रो हातमा भरी जाम होला
गुनासो गरुँ म भन कहाँ गई लौ
तिम्रो नै फेरी बदनाम होला
अस्ताए छ सूर्य मेरो जिन्दगीको
भोली के उदाउला र के घाम होला
आँखा खुलेछि पछुताउलाउ फेरी
मुटुमै घाउको न देखिने डाम होला
बसन्त भरी फूल रोज्दै हिडे छौ
फर्केर आउँदा शिशिर याम होला
ऐनाले गिज्याए फर्केर आउलाउ
तिम्रो अतीत कतै परमधाम होला
हरि पौडेल
नेदरल्याण्ड