गजल : By, उदिम दुमी राई


गजल :

घरबारी बेची लागे म विदेश यस्तै काम पाइयो
दु;ख जति भोगेनी नत सोचे जस्तो दाम पाइयो

अईया आथो भन्नु नमिल्ने रैछ प्रबासमा हेर
काम चोर भात मारा यहाँ गतिलो नाम पाइयो

मोज मस्तीको डिउटी छ भन्थ्यो हिड्ने बेला
हावाहुरी झरि बादल चर्किलो त्यो घाम पाइयो

बिहान उठे देखि बेलुका सम्म चमेरो झैँ हैरान
नत टेक्ने खुट्किलो नत् अडिने ठाम पाइयो

तेई पनि गन्तव्य पार गर्छु भनि जोसिदै थिए
बीच बाटैमा नछुटिने जिन्दगीको जाम पाइयो

उदिम दुमी राई
खोटॉङग दिक्तेल
(अविनाश गरिब )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com