पोखरा, पुष १४ गते ।
अगेंजी नयाँ बर्षको अवसरमा पोखरामा जारी रहेको सडक महोत्सवमा मुस्ताङका फोटो हेर्न दर्शकहरुको भिड् लागेको छ । लेकसाईडको गौरीघाटमा रहेको फोटो प्रर्दशनी अवलोकन गर्न आन्तरीक तथा बाह्य पर्यटकहरुको भिड लागेको छ ।
सडक महोत्सवको अबसरमा विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्न सफल मुस्ताङ जिल्लाको धार्मिक, सांस्कृतिक, जैविक, पर्यटकीय तथा प्राकृतिक अबस्थाको बारेमा खिचिएका फोटोहरु महोत्सवमा प्रर्दशनी गर्नाले मुस्ताङ नजानेहरुले पनि पोखरामै फोटोबाट मुस्ताङको झल्को अनुभुति गर्न सक्ने आयोजकले जनाएको छ ।
आइतवार देखि लेकसाईडको गौरीघाटमा सुुरु भएको फोटो प्रर्दशनीमा मंगलबार सम्म करिब ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन ।
टान पोखराका सदस्य हरि भुजेलले भन्नुभयो, “मुस्ताङको मात्र नभई नेपालकै पहिचान पोखराको सडकमा झल्केको छ, मुस्ताङ नगएकाहरुलाई मुस्ताङ जानै पर्ने ठाँउ रहेको प्रर्दशनी हेरेपछि अवलोकन गर्नेहरुले बताएका छन ।”
बिश्वको उत्कृष्ट पर्यटकीय गन्तब्य मुस्ताङका फोटोहरु रहेकाले विदेशी तथा स्वदेशी पर्यटकहरुले रुचि पुर्वक फोटो अवलोकन गरेको प्रदशनीका संयोजक एव नेपाल टेलिभिजनका मुस्ताङ समाचारदाता चन्द्रश्वर बस्ताकोटीले जानकारी दिनु भयो ।
फोटो पत्रकार महासंघ नेपालको आयोजना, महासंघ मुस्ताङको सक्रियता तथा महासंघ कास्कीको व्यबस्थापनमा पोखराको लेकसाईडमा फोटो प्रर्दशनी भएको हो ।
महासंघ मुस्ताङका अध्यक्ष बस्ताकोटी लगायत अन्य पत्रकारले खिचेका ७५ वटा फोटो प्रर्दशनी गरीएको महासंघका केन्द्रीय महासचिव डम्वर अधिकारीले बताउनुभयो । पोखराको फोटो प्रर्दशनी पश्चात पौस २४ गतेबाट हुन गइरहेको दमौली महोत्सब, एक महिनाभित्र काठमाण्डौ र दुई महिना भित्रमा मुस्ताङमा समेत उक्त फोटोहरुको प्रर्दशनी गरिने भएको छ ।