भर्जिनिया ,अमेरिका पौष १६,
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार(त ल्हो -घोडा वर्ग ) हर्सोउल्लासको साथ मनाईएको छ । वाशिंगटन डिसी नेपाली दूताबासका भर्खर आउनु भएका अतिथि नियोग उप प्रमुख ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो ।
उक्त ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । तमू जातीहरुको भेषभूषामा सजिएका महिला तथा पुरुषको सहभागिता रहेको थियो भने ल्होछार साँझमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो । उक्त ल्होछार मनाउन बिभिन्न राज्यहरुबाट पनि अतिथिहरु आएका थिए । सेलरोटी तथा स्वादिस्ट परिकारको खाना अतिथिहरुको लागि बिशेष बनाईएको थियो ।