लियोको सहयोग चेपाङ बालबालिकालाई I

चितवन, मंसिर १७,

शिशिर सिंखडा : लियो क्लव अफ रत्ननगरको १५ औ बार्षिक उत्सव तथा लियो सप्ताहको अवसरमा आज पुर्वी चितवनको गामबेशीको चेपाङ संरक्षण के न्द्रमा रहेका बिद्यार्थीहरुका लागी स्टेशनरी, खाद्ययान्न तथा लत्ता कपडा हस्तान्तरण गरिएको छ ।

 क्लबकी निर्देशक लक्ष्मी पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका पुर्व अध्यक्ष प्रल्हाद प्रधान, संरक्षण के न्द्रका सदस्य एवं पत्रकार शिशिर सिंखडा लगायतकाले बोल्नु भएको थियो ।सो केन्द्रमा चितवन र मकवानपुरका ५० जना बिपन्न चेपाङ बालबालिका आश्रित रहेका छन । कार्यक्रम क्लवकी लुसि जोशिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साथै क्लवले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत हिजो बिश्व एड्स दिवसको अवसरमा एड्सको लो गो अंकित रिबन रत्ननगरका विभिन्न स्थानमा वितरण गदै एड्स वाट बच्ने उपायको बारेमा सर्वसाधरणलाई सचेत गराएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com