चितवन,पुुस ०८,
शिशिर सिंखडा
:
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत चितवनको क्षेत्र नम्वर
३ मा क्षेत्रीय प्रतियोगिता आज वाट सुरु भएको छ । प्रतियोगिताको
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष उत्तम गुरुङले बालकुमारी
उच्च माविमा एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो ।
भोलि सम्म जारी सो क्षेत्रिय प्रतियोगितामा एथलेटिक्स
अन्र्तगत दौड,सट्पुट, हाईजम्प,लङजम्प, त्रिपलजम्प र भलिवल
लगायतका विभिन्न खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद विकास समितीका
प्रवक्ता रामहरी सेढाइले जानकारी दिनु भयो ।
यसअघि क्षेत्र
नं. १ , २ , ४ र ५ को क्षेत्रिय चरणका खेलहरु सम्पन्न भइसकेका
छन । क्षेत्रीय स्तरमा भएका विभिन्न प्रतियोगितावाट छनोट भएका खे
लाडीहरुको अन्तिम प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुने
जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिनुभयो
।