भर्जिनिया (अमेरिका) मङ्सिर २५,
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा अमेरिकाको कर सम्बन्धि प्रणालीमा विशेष ज्ञान तथा धेरै बर्ष देखि नेपाली समुदायलाई सहयोग तथा सेवा गर्दै आएका एक समुहले मंगसिर २३ गते (तदनुसार डिसेम्बर ८ तारिख)का दिन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
बिशेष त कसरि अधिकतम आफुले दाखिला गरेको करबाट कसरि अत्यधिक आर्थिक फाईदा उठाउन सकिने र कर दाखिला गर्दा न्युनतम त्रुटि हटाउन सकिन्छ भन्ने बिषयको सेरोफेरोमा रही जानकारी दिइएको थियो । व्यक्तिगत तथा व्यापार सम्बन्धि कर सल्लाहकार राजन अधिकारी तथा करको बिबिधता सम्बन्धि आर्थिक योजनाकार तथा सल्लाहकार अनिल खनालले बिसेष प्रस्तुति गर्दै गरेका थिए ।
उक्त कार्यक्रममा प्रश्न उत्तरको पनि सत्र राखिएको थियो भने सहभागीले नबुझेको कुराहरु सोधेका थिए l कर सल्लाहकार राजन अधिकारीले २०१३ सम्म ओबामा केयर बिमा नलिनेले २०१४ मा करको दाखिला गर्दा काटिने छ भने जानकारी गराएका थिए । उक्त कार्यक्रममा कर सम्बन्धि सहयोगी रहेका प्रविन खड्काले अमेरिकामा अप्रिल १५ सम्म व्यक्तिगत र ब्यबसाय हुनेहरुले जुन १५ सम्म करको दाखिला गर्नु पर्ने सरकारी नियम भएको बताएका थिए ।