काठमाण्डौ मङ्सिर २७,
नर्सलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन आगामी माघको दोस्रो साता मिस नर्स नेपाल २०७० हुने भएको छ । प्रतियोगिता नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको हो ।
प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुनेछन् । देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ३० उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिष्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा टाईटल उपाधिसहित, मिस ब्यूटिफुल, बेस्ट स्माईल, मोष्ट डिसिप्लेन, बेष्ट हेयर, बेस्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्«ेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगदसहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउनेछन् भने १० उत्कृष्टलाई रोजगारीको ब्यवस्था मिलाइनेछ ।
प्रतियोगी छनौटका लागि मंसिर २८ गते पोखरामा, मंसिर २९ गते बुटवलमा, पुस १ गते चितवनमा, पुस ३ गते झापामा र पुस ६ गते काठमाडौमा अडिसन हुनेछ आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन कुनै पनि नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत रहेको हुनुपर्ने, आवेदन दिने मितिसम्म २४ वर्ष उमेर ननाघेको हुनुपर्ने र उचाई कम्तीमा ५ फिट हुनुपर्ने आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुकले ehealthnewspaper.com बाट आवेदन फारम डाउनलोड गरेर आवेदन दिन सकिने ब्यवस्था मिलाइएको छ । तर, आवेदन फाराम नेक्स्ट नेपालको बागबजारस्थित कार्यालय वा स्वास्थ्य खबरपत्रिकाको अनामनगरस्थित कार्यालयमा बुझाउनुपर्नेछ ।
आवेदन फारम पठाउने ठेगाना :
नेक्स्ट मोडल्स नेपाल
बागबजार, भिआइपीमार्ग, काठमाडौं
फोन नम्बर : ४२४५२५७
मोबाइल : ९८५१०१४३७९
स्वास्थ्य खबरपत्रिका
अनामनगर काठमाडौं
फोन नम्बर : ४७७०४१९
मोबाइल : ९८५१०५६१३८
(स्वास्थ्य खबर बाट)