धरान मङ्सिर २९,
किराँत याक्थुङ चुम्लुङको आयोजनामा धरानको चुम्लुङ हिम परिसरमा पुस २ गतेदेखि चासोक तङनाम सांस्कृतिक पर्यटन उत्सव हुने भएको छ । चुम्लुङको रजत वर्षको अवसरमा प्रकृतिपूजक लिम्बू जातिको मौलिक सांस्कृतिक चाडलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै चासोक तङ्नामलाई भव्य रुपमा मनाउने तयारी पूरा भएको आयोजक चुम्लुङले जनाएको छ । खेतबारीमा छरेको, रोपेको अन्न बाली पाकेपछि आप्mनो कुल इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आपूmले खाँदै खुशीयालीको अवसरमा चासोक तङ्नाम मनाइने सन्दर्भमा पाँचदिने सामूहिक चाड मनाउन लागिएको हो ।
धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै चुम्लुङका धरान अध्यक्ष सुवास हुक्पा चोङ्बाङले भने, ‘चासोक तङ्नामको अवसरमा इष्टदेवलाई पाकेको चोखो अन्न बाली चढाउँदै सामूहिक रुपमा चासोक मनाउन लिम्बू जातिले आ–आप्mनो घरमा मिठोमसिनो खाने, छोरी–चेली माइतमा आउँदा चेसुङ लिएर आउने, एकापसमा शुभकामना साटासाट गर्ने, छरछिमेकमा हुक्वा (खानेकुरा) साटासाट गर्ने गरेका छन् ।’ उनका अनुसार गाउँघरमा यो पर्व अभैm पनि घर–घरमै मनाउने गरेका छन् । यस अवसरमा इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीर्घायुको वरदान माग्ने गरिन्छ । उत्सवमा सम्पूर्ण मानव जातिको जीवन रÔाका लागि रातभर चमेन तङसिङ (एकराते मुन्धुम प्रवचन–पूजा) हुने, च्याब्रुङ नाचको प्रतियोगिता, धान नाच, राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछन् ।
सो अवसरमा लिम्बूहरुको परम्परागत मौलिक खेल तोङ आप्मा (धनुका“ड हान्ने), लि आप्मा (गुलेली हान्ने), खेङ लेप्मा (माछा मार्ने), पक्लुङ लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), हाक्पारे, ख्याली, धान नाच र केलाङ प्रतियोगिता हुने बताइएको छ । उत्सवमा लिम्बू जातिका खानाको परिकार, भेषभूषा, गरगहना प्रदर्शनी गरिनेछ । उत्सवमा लिम्बू जाति बस्ने परम्परागत घर र सो घरमा हुने परम्परागत सामग्रीहरु पनि प्रदर्शनमा राखिएका छन् । नया“ पुस्तालाई चासोकबाटै आप्mनो पहिचान, संस्कार र संस्कृतिको समेत जानकारी दिने उद्देश्यले सामूहिक रुपमा उत्सव मनाउने गरिएको हो ।
पत्रकार सम्मेलनमा चुम्लुङले विजयपुरस्थित हाङयुक्ना दरबार परिक्रमा र पूजा–आराधना गरेपछि चासोक तङ्नाममा थरगत थुमगत संस्थाका सांस्कृतिक यालाङ, केलाङ प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी, जनजाति लिम्बू, राई, मगर, याक्खा, सुनुवार, नेवार, गुरुङ, शेर्पा र भुजेल जातिको सांस्कृतिक प्रदर्शनीसमेत हुने बताइएको छ ।
उत्सवमा कलाकारहरु दीपक लिम्बू, कञ्चन थलङ, विष्णु लिम्बू, उत्तमसिं लिम्बू, प्रकाश तिमिल्सिना, मनु नेम्वाङ, विक्रम लिम्बू, श्रेयसी लिम्बूलगायतले गीत प्रस्तुत गर्ने आयोजक समितिका अध्यक्ष चोङवाङले जनाए ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र धरान नगरपालिकाको विशेष सहयोगमा उत्सव सञ्चालन हुनेछ । प्राचीन मौलिक सांस्कृतिक चाड चासोकलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न धरानमा वर्षेनी उत्सव आयोजना हुने गरेको छ ।