काठमाण्डौ मङ्सिर २९,
इन्टरनेट दुनियाँमा ‘गड’ अर्थात भगवान मानिने सर्च इन्जिन ‘गुगल’ले नेपाली भाषा अनुवाद सेवा सुरु गरेको छ ।
गुगल ट्रान्सलेट सेवामा मंगलबारदेखि नेपाली भाषाले पनि प्रवेश पाएको छ ।
अब इन्टरनेट प्रयोगकर्ताले बिश्वका ७९ भन्दा बढि भाषामा लेखिएका कुरा नेपालीमा र नेपालीमा लेखिएका त्यति नै भाषामा अनुवाद गरि पढ्न सक्नेछन् ।
गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ । पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो ।
यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।