बैंक ठगी गरेको अभियोगमा ६ जना विरुद्ध मुद्धा दायर I

काठमान्डू मङ्सिर २९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमलस धितोमा धेरै ऋृण दिएर बैंक ठगी गरेको अभियोगमा ६ जना विरुद्ध विशेष अदालत काठमाडौमा मुद्धा दायर गरेको छ ।

कमसल मुल्यको जग्गा धितो राखि ७० लाख रुपैयाँ ऋृण दिएको अभियोगमा पक्राउ परेका तत्कालिन घरेलु तथा साना उद्योग विकास बैंकका कार्यकारी अध्यक्ष सीताराम प्रसाई, महाप्रवन्धक भागवत श्रेष्ठ बरिष्ठ प्रबन्धक सुनिल गुरुङ, कर्जा प्रवन्धक हिम गुरुङ र मालपोत कार्यालय सुनसरीका तत्कालिन खरिदार पदमप्रसाद खतिवडा, ऋृणी केशवलाल श्रेष्ठ र उनका वारिस सुनिल प्रधान विरुद्ध मुद्धा दायर गरिएको हो ।

उनीहरुबाट १ करोड ५८ लाख ४ हजार ७ सय ५२ रुपैयाँ ६७ पैसा बराबरको बिगो एवं सजाय माग दावी गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com