सुर्खेत पौष १२ ,
खगेन्द्र अधिकारी "अमृत" : सिर्जनाका लहरहरु १२ पौष २०७० सुर्खेत नाटककार तथा साहित्यकार गणेश गौतमको नाटक संग्रह युगारम्भ यही पुष १७ गते बुधबार लोकार्पण्ा हुने भएको छ ।
वाड्मय चौतारी नेपाल र आरंग नेपालको सयुक्त आयोजनामा वीरेन्द्रनगरको घण्टाघरमा हुने कार्यत्रmममा युगारम्भ नाटक समेत मंचन गरिने आयोजकले जानकारी दिएको छ । तीन दशक अघिदेखि नाट्य क्षेत्रमा क्रियाशील गौतमको नाटक संग्रहमा युगारम्भ सतिकलसा लगायतका १२ वटा नाटक संग्रहित छन् । २०२७ पुष १७ गते जन्मिएका गौतमले नेपाली चलचित्र बन्धकीमा अभिनय गर्नुका साथै तीन दर्जन बढी नाटकको लेखन निर्देशन तथा अभिनय गरेका छन् ।
देशका विभिन्न जिल्लाहरुमा नाटक मंचन गरिसकेका छन् गौतमले । गौतमका थुप्रै फुटकर रचनाहरु प्रकाशित भइसकेका छन् । जन्मदिनको अवसर पारेर कार्यत्रmमको आयोजना गरिएको गौतमले बताए । बागिना समूह सुर्खेतका संस्थापक अध्यक्ष समेत रहेका गौतम अहिले बाड्मय चौतारी नेपाल र आरंग नेपालको अध्यक्ष हुन । पेशाले गौतम स्वास्थ्यकर्मी हुन । नाटक संग्रह युगारम्भको सफलताको शुभकामनाका साथै कृर्तिकारलार्इ हार्दिक बधार्इ सिर्जनाका लहरहरुको तफबाट ।