चितवन, १० पुस
शिशिर सिंखडा : इप्लानेट नेपालले आयोजना गर्ने मिसेज नेपालको तेस«ो संस्कर
णमा मिसेस युनिभर्स विजेता क्यारोल लिको सहभागिता रहने भएको छ । मिसेस
युनिभर्स क्यारोल लि मिसेज युनिभर्स नेपालको छनौंट चरणको अन्तिम
प्रतिष्पर्धाका लागि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल
आउने इप्लानेट नेपालका अध्यक्ष तथा मिसेज युर्निभर्सका नेपाल निर्दे
शक सन्तोष सापकोटाले बताउनु भयो ।
सो तीन दिने नेपाल बसाइमा उहाले रक्षा नेपालमा आश्रित
बालबालिकालाई भेट्ने कार्यक्रम रहेको छ । साथै मिसेज नेपालका प्र
तिष्पर्धीलाई एक घण्टाको घरेलु हिंसाविरुद्धको लागि प्रशिक्षण दिने
कार्यक्रम रहेको सापकोटाले बताउनु भयो । उहा वर्ष २०१३ का लागि
घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दुतसमेत रहनु भएको छ । प्र
तियोगिताका लागि क्षेत्रीयस्तरका विजेताको पनि उपस्थिति हुनेछ । क्यारो
लले मिस युनिभर्स २०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड
जित्नु भएको थियो ।
यो बाहेक उहा मिसेस मलेशिया युनिभर्स २०१
३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी आफ द इयर
१९९३, पार्करोयल होटल सेन्ट्रक (अवार्ड फर कर्टसी १९९३ जस्ता विजे
ता र सम्मानबाट सम्मानित भइसक्नु भएको छ । इप्लानेट नेपालले सौ
न्दर्य प्रतियोगिताको इतिहासमा आफ्ना हरेक कार्यक्रममा नयाँ प्र
योग अपनाउँदै हरेक पटक केही न केही नेपालमै पहिलो पटक भने
र आयाम थप्दै आएको छ । २०११ मा मुभि हाउसको भगिनी संस्थाको रु
पमा स्थापीत संस्थाले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी
मिस नेपाल युएसएको प्रारम्भ गरेको थियो ।