चितवन ०३ पौष
शिशिर सिंखडा : चितवनमा आज वुधवार देखि छैटौ बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खे
लकुद प्रतियोगिता २०७० को क्षेत्रिय प्रतियोगीता सुरु भएको छ ।
आज चितवन
क्षेत्र नम्वर १ को बिरेन्द्र आर्दश उच्च माविमा शसस्त्र प्रहरी बल गढिमाई
गण का प्रमुख मुरारी बस्नेतले प्रतियोगिताको उदघाटन गर्नुभएको थियो
भने क्षेत्र न २ को पन्चकन्या उच्चमाविमा जिल्ला शिक्षा अधिकारी रमाकान्त
शर्माले उद्घाटन गनुभयो।
दुवै क्षेत्रमा आज १५ सय मिटर , १ सय मिटर दौड, सटपुट, हाइजम्प ,
लङजम्प,भलीबल, लगाएतका १३ वटा बिभिन्न खेलबाट बिद्यार्थिहरु छनौट
हुने जिल्ला खेलकुद बिकास समितीका सदस्य सचिव रामजि ढकालले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा हुने सो
प्रतियोगितामा चितवनका ५ बटै निर्वाचन क्षेत्रमा अन्तरमावि स्तरिय खेल हरु हुने
आयोजकले जनाएका छन् ।
जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता र
हेको सो प्रतियोगितामा छनौट भएका खेलाडिहरुको अन्तिम प्रतियोगिता
पौष ९ र १० गते क्याम्पाचौरमा हुने आयोजकले जानकारी दिएको छ ।
जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता र
हने सो प्रतियोगिताको कराते खेल पुष १६ र १७ गते भरतपुरको कर्भडहल , ते
क्वान्दो खेल रत्ननगरको नेपाल उच्च माविमा पुष १९ र २० गते तथा उसु खेल
पुष २० गते भरतपुर कर्भडहलमा हुने बताईएको छ ।