संघर्षपछिको सफलता I

मंसिर १८ 

काभ्रे जिल्लाकी महिला तथा बालबालिका कार्यालयकी प्रमुख माया लोहनी २०१३ सालमा दाङमा जन्मिएकी हुन्। २८ वर्षसम्म सरकारी अधिकृत पदमा रहेर काम गरेकी मायासित महिला भएकै कारण पटक-पटक पछाडि पारिएको तीतो अनुभव छ। 

यति हुँदाहुँदै पनि हरेक परिस्थितिको सामना गरेर सफलतापूर्वक जागिरे जीवनबाट अवकाश प्राप्त गर्ने अवस्थासम्म आइपुग्दा उनले महिलाका पक्षमा धेरै काम गरिन्। अवकाशपछि अझ सक्रिय हुन अधिराज्यभरिका १ सय जनाजति महिलालाई संगठित गरेर नेटवर्क जेन्डर मास्टर ट्रेनर नामक फ्रिलान्सर संस्थामार्फत काम गर्ने योजनामा छिन्। 

जेसिसमा सन् १९९५ मा एक्ज्युकेटिभ भ्वाइस प्रेसिडेन्ट भएर काम गरेकी लोहनी महिलाहरूले आझ्ना लागि आफैं बाटो बनाउने प्रयास गर्नुपर्छ भन्छिन्। छोरी भएकै कारण पढाइमा पछि पारिने जमानामा हुकिर्एकी उनी अहिले समय र सामाजिक चेतनामा निकै ठूलो परिवर्तन आइसकेको बताउँछिन्। नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com