गजल : By, कल्पना राई "खुशी"


गजल : 

जिन्दगी जिउदा जिउदै अभिशाप लाग्न थाल्यो
प्रेमको दिपक निभेछ  र त पाप  लाग्न  थाक्यो

मनको सन्ताप  बढ्दैछ  अनायासै  मुटु  पोल्दै
जूनको चाँदनी पोखिदा पनि ताप लाग्न थाल्यो

सुस्तरी धड्कन चल्दैछ फेरी किन निस्सासिएँ
यो देह र आत्मा खुकुरी अनि दाप लाग्न थाल्यो

संकल्प  गरेथें  अनौठो  आकाशको  तारा टिप्ने
नपुग्दा गन्तब्य सोच नै सडक् छाप लाग्न थाल्यो

कल्पना राई "खुशी"
दोलखा नेपाल
दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com