मुक्तक :
१,
विश्वभरिका प्रतिक्रियावादी ढल्ने दिन कैले होला?
देशलाईनै निल्ने पसु यिनी गल्ने दिन कैले होला?
निर्लज्ज बाचेका छन ति जनता मारा घातिहरु
यिन्को अन्त्यहुने आसाको दिप बल्ने दिन कैले होला?
२
बर्गमुक्तिले सिखर चुम्ने कैले होला हाम्रो देशमा
विखन्डनको भूमरिबाट मुक्त भै नेपाली भेषमा
राष्ट्रियता र नेपालीको अस्मितालाई जोगाउ हामी
नत्र भोली सन्ततिले भेट्लान नेपाल शेष शेषमा
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल