गजल : By, पोष कुमार राई



गजल :

धर्तीमा खोजिरहेछु यो आकाशमा खोजिरहेछु
टोलाउँदै म तिमीलाई एकनासमा खोजिरहेछु

कहाँ छौ कुन्नि के गर्दैछु आजभोली ए प्रिय
मैले फेर्ने अचेल हरेक सासमा खोजिरहेछु

यो मन भित्र कुनै बेला साह्रै बाढी पैह्रो चल्दा
तूफान आँधी हुरी यस्तै बतासमा खोजिरहेछु

टप्प टिपी दिन्थेँ म शिरैमा सजाउँथ्यौ तिमी
आज त्यहि पाखाको लालीगुराँसमा खोजिरहेछु

यात्रा हाम्रो दुई किनारा भै छुटिगए पनि आज
फेरी दोभानमा भेट्ने विस्वासमा खोजिरहेछु

-पोष कुमार राई
खोटाङ्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com