गजल : By, कल्पना राई "खुशी"


गजल : 

झलमल  सृष्टि  अनि  जून  तारा  घाम हाम्रो l
मान्छे भित्र मान्छे भए अल्लाह,साई,राम हाम्रोll

दु:ख भित्र सुख लुक्छ सुख भेट्न दु:ख गर्नु,
हाँसी हाँसी दु:ख झेले  चारै ऋतु याम हाम्रो ll

घेरा सिमा किन बार्नु फुक्का गरे सानो सोच,
यौटै धर्ती यौटै आकाश सारा बिश्व गाम हाम्रोll

अन्यायको जारा मास्दै न्याय गरे सबै माथी,
आत्म बीच  बस्छ ईश यही नै छ  धाम हाम्रो ll

सत्य कर्म सत्य बोली  पहिचान बन्न सके ,
संसारमा सार्थक हुन्थ्यो मान्छे भन्ने नाम हाम्रोll

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com