गजल : By, कोमल भट्ट



गजल :

राम्रो नियत् छैन धेरै कर्मचारीको
कैयौँ ठाउँमा पापाचार छ ब्रह्मचारीको

इमान्दारी रोएको छ झुप्रो चुहिँदा
अनगिन्ति महल हुन्छन् भ्रष्टाचारीको

निमुखाछन् शोषित् पीडित् देशै भरि नै
थिचो मिचो सहेकैछन् अत्याचारीको

"जस्को शक्ति उस्को भक्ति"भयो सर्वत्र
पछि लाग्छन् कति मान्छे दुराचारीको

गरीवको विल्लबाठ भो वासै उठेर
सधैँ हैकम् चल्छ यहाँ स्वेच्छाचारीको

जति दर्द पोखे पनि कसले सुन्छ र ?
तिरष्कार छ "कोमल"मन् र सदाचारीको

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com