गजल :
नारीको शत्रु पुरुष न भै नारी नै हुन्छ
एक – आर्कामा जुलुम गर्दै जो आँखा धुन्छ
नारी हिंसा नारीबाटै घर – घरबाटै हुन्छ
पुरुषलाई के दोष ? जाल नारीले नै बुन्छ
नारी प्रतिको संस्कार यही हो उपहार
नन्द र देउरानीले छुनै नहुने कुरा छुन्छ
हिजो आफैले गरेको भाउजु प्रति कूकर्म
आज आफैलाई पर्दा आमा आएर सुन्छ ?
आर्काको घर गै भाउजुकै अवस्था भोग्नुपर्दा
ठूलो पश्चात्ताप गरी तब धर – धरी रुन्छ ।
मानन्धर अभागी