गीत : पवित्र राई

  

गीत :

तिमी जाने हल्लाहरूले यो मेरो दिल टुट्यो
सजाइ राखेकोथें मुटुमा माया एनासरी फुट्यो

जाने नै भै हाल्यो यो जीवन दाउमा राखि
जाने नै भै हाल्यो यो जीवन पाउमा राखि
उजाड उजाडै भै ओठमा मुस्कान त टुट्यो
भन्नु केहि छैन तिम्लार्इ जीवन त छुट्यो

तिमी जाने हल्लाहरूले यो मेरो दिल टुट्यो
सजाइ राखेकोथें मेरो मुटुमा एनासरी फुट्यो

छाइरहोस हरपल खुशीहरू यी आँखाले देखु
बगिरहोस मनका भावहरू यी मनले लेखुँ
बिच बाटोमा यात्रा नटुङ्गियोस यहि चाहाना छ
शिखर चढी पाउहरू लम्किरहोस यहि कामना छ

'' पवित्र राई ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com