कार्यक्रम साझा सवाल, भाग-317: Dispute on President & Constitution Writing


संविधानसभाको दोस्रो निर्वाचनपछि ठूला बनेर आएका दुई राजनीतिक दलहरू -- नेपाली कांग्रेस र एमाले, अहिलेकै राष्ट्रपति राख्ने कि नयाँ चुन्ने भन्नेमा विवादित देखिएका छन् ।

नयाँ संविधानसभाको गठन नहुँदै प्रमुख दुई राजनीतिक दलबीचको विवादले संविधान लेखनमा असर गर्ने सर्वसाधारणको चिन्ता छ । प्रमुख राजनीतिक दलहरूले एक वर्षभित्रै संविधान लेखनको काम पूरा गर्ने भनी चुनावी घोषणापत्रमा उल्लेख गरेपनि शक्ति बाँडफाँड र दलहरूबीचको विवादले समयमै संविधान लेखिएला त? अहिले नै सत्ता र शक्तिका लागि विवादित दलहरूले सरकार र संविधान कसरी निर्माण गर्लान् त ?

नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद बनेको राष्ट्रपतिको व्यवस्थाका बारेमा विवादित दलहरु र कानून व्यवसायीबाट मतदाताहरू के जान्न चाहन्छन् त? छलफलका लागि साझा सवालमा आज नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सभासद रमेश लेखक, नेकपा एमालेका नेता एवं नवनिर्वाचित सभासद भीम आचार्य र संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारी हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com