गज़ल (दिपावली स्पेसल )
दिपावली राम्रो सँग मनाउनु है भाई
देउसी भैलो गाउदै रमाउनु है भाई
दिदी बैनी दाजु भाई सबै जम्मा भै
एक आपसमा ममता खनाउनु है भाई
म साथमा नहुँदा नरमाइलो नमानी
मिठा मिठा परिकार बनाउनु है भाई
अर्को साल तिहारमा दिदी आउछे भनी
हर्स उल्लास घरमा जनाउनु है भाई
सप्त रङी टिका निदारमा लगाएर
बैनी लाई उपहार छनाउनु है भाई
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल