भर्जिनिया (अमेरिका ) कार्तिक १७,
विजय थापा : नेपाली भाषा, साहित्यका साथै कला संस्कृति, खेलकुद, कलाकार, पत्रकारिता, व्यवसाय आदि समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थालाई पनि यस सम्मेलनमा विशेष सम्मान प्रदान गरिने भएको छ ।
दुई दिने उक्त सम्मेलन डिसी महानगर क्षेत्रको टाईसन् कर्नर स्थित पांच तारे म्यारीएट होटल अतिथिहरुको लागि व्यवस्था गरिएको जानकारी गराउदै सबैलाई सम्पर्क गर्न सुरुवात गरि सकेको र सम्मेलन सफल बनाउन कुनै कसर आफुले नछोड्ने संचार संयोजक खेम भट्टचनले बताए । अ ने सा स कि केन्द्रिय अधक्ष्य गीता खत्री द्वारा जारी बिज्ञप्तिमा भाषा र साहित्यमा अभिरुचि राख्ने सबै वर्गलाई सम्मेलनलाई ऐतिहासिक बनाउन आग्रह गरेकी छिन् भने संस्थापक होम नाथ सुबेदीले २००९ मा न्यु योर्क ,२०११ मा लन्डन र २०१३ मा वाशिंगटन डिसीमा हुन् गै रहेको साहित्य सम्मेलनले नया आयाम थप्ने कुरामा विश्वस्त रहेको जानकारी हामी संगको कुराकानीमा बताए । मूलत भाषाको प्रबर्धन र सम्बर्धन गर्न स्थापना भएको यो संस्थाले निकै ठुलो फड्को मारेको अवगत गराउदै सम्मेलनमा भाषा र साहित्यको लागि ज्यादा केन्द्रित हुने बताएका छन् ।
सम्मेलनमा सम्मानित हुने प्रतिभाको खोजी र सम्मान गर्न दक्षिण पुर्व नेपाली संघका पृ्र्व अध्यक्ष राजा घलेको संयोजकत्वमा एक कार्यदल गठन भएको र उक्त समितिमा बोस्टन हार्वड विश्व विद्यालयका डा शिव गौतम, न्यु योर्कका कानुन व्यवसायी विनोद रोका, कनेक्टिकट विश्वविद्यालयकी डा. विद्या रंजित तथा नेपाल स्थित अमेरिकी राजदृ्ताबासमा विगत धेरै बर्ष कामगरि, हाल वाशिङ्गटन डि.सी.मा नेपाली समुदाय बीच गहिरो अध्ययन भएकी अनुभवी नताशा बासले रहेकी बताईएको छ
यस कार्यदलले योग्य र प्रतिभाशाली व्यक्तिहरुको साथै लोकप्रिय कार्य गर्ने संस्थाहरुको पनि छनोट गरि निकट भविष्यमा नाम सिफारिस गर्ने जनाउदै कार्यदललाई सहयोग पुर्याउन हुन नेपाल र प्रवासका लेखक, कवि, साहित्यकार, कलाकारहरुलाई सम्मेलन संयोजक सीता पाण्डेले अनुरोध गरेकी छिन् ।