गुञ्जनगर कात्तिक १७,
श्री बोटेनेदेवी, परादेवी तथा महालक्ष्मी मन्दिर गुञ्जनगर ६ भवानीचोकमा लगाईएको देवी भागवत नवाह ज्ञानमहायज्ञको आयव्यय विवरण सार्वजिनिक गरिएको छ । महायज्ञ आयो जक समितिले शनिबार एक कार्यक्रम गरी महायज्ञमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।
महायज्ञमा नगद र जिन्सी सामान गरी २६ लाख ७० हजार ६ सय ५८ रु पैयाँ आम्दानी भएको महायज्ञ आयोजक समितिका अध्यक्ष तुलसीप्रसाद सुवेदीले जानकारी दिए । महायज्ञ सञ्चालनको लागि ४ लाख १३ हजार ३ सय ८१ रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ ।
अध्यक्ष सुवेदीका अनुसार खर्च कटाएर बाँकी रहेको रकम मन्दिरको बैंक खातामा बचत गरिएको छ । मन्दिरको संरक्षण, भौतिक पुर्वाधार निर्माणका साथै धार्मिक पर्यटनको विकासका लागि आयोजना गरिएको महायज्ञ गएको असोज १९ गतेदेखी २७ गतेसम्म आयोजना भएको