बिरामी बोकेको एम्बुलेन्स पल्टिँदा एकको मृत्यु I

सप्तरी कार्तिक १९,

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहनपुर–२ मा सोमबार साँझ बिरामी बोकेको एम्बुलेन्स अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सिराहाबाट विराटनगरतर्फ जाँदै गरेको स१च ६९३ नम्बरको एम्बुलेन्स साँझ ५ बजेतिर अनियन्त्रित भई साइडमा पल्टिँदा एम्बुलेन्समा सवार ६५ वर्षीय पुलकित चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्सभित्र रहेका बिरामी सिरहा कविलाशा–८ निवासी २५ वर्षीय शिवकुमार मण्डल गम्भीर घाइते भएका र निजलाई उपचारका लागि नोवल अस्पताल विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आवश्यक अनुसन्धानका लागि एम्बुलेन्स चालक सिराहाको लालपुर–६ बस्ने ३२ वर्षीय रितेश तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com