गजल
चेली साह्रै रुँदी होलिन् ,दाजु सम्झेर ,
आँसुले मुख् धुँदी होलिन्, दाजु सम्झेर /
मन्मा कति चोट र ,पिर पर्या होला ,
अति निरास् हुँदी होलिन् ,दाजु सम्झेर /
हबाइ जहाज कराको सुने मात्र नै,
माथी उँदी हेर्दी होलिन् ,दाजु सम्झेर /
आँगनिका फूल राम्रा ,मन मोहक ,
मखमली छुँदी होलिन् ,दाजु सम्झेर /
टिका लाई रमाइलो ,गर्दा अरुले ,
धेरै दु;खी हुँदी होलिन् ,दाजु सम्झेर /
हरि ओली
साउदी अरब
साउदी अरबियन् एयरलाइन्स्
साउदीया क्याटेरिङ्
जेद्दा