मोदीलाई यस्तो नोटिस I

नयाँदिल्ली कार्तिक २८,

भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदीमाथि निर्वाचन आचारसहिंता उल्लंघन गरेको आरोप लागेको छ । उनले छत्तीसगढ राज्यको आमसभामा 'हत्यारो हात' शब्दको प्रयोग गरेका थिए । 

हातचाहिँ सत्ताधारी कंग्रेसको निर्वाचन चिन्ह हो । यो अभिव्यक्तिप्रति कंग्रेसले आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएको थियो । आयोगलाई मोदीलाई नोटिस पठाएर आउँदो १६ नोभेम्बरको साँझसम्म जवाफ पठाउन निर्देशन दिएको छ । आयोगले यसअघि भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीसँग पनि यस्तै आरोपमा सफाइ मागेको थियो । 

गान्धीले पनि निर्वाचन र्‍यालीको क्रममा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको सम्पर्क उत्तरप्रदेशको मुजफ्फर नगरको मुस्लिम दंगा पीडितसँग भएको एक सरकारी अधिकारीले आफूलाई जानकारी दिएको उल्लेख गरेका थिए । यसले गर्दा त्यहाँको मुस्लिम समुदायका नेताहरू आक्रोशित भएका थिए । उक्त भारतीय नगरमा भएको हिन्दु-मुस्लिमबीचको हिंसामा झन्डै ७० जनाको ज्यान गइसकेको छ । गान्धीविरुद्ध भाजपाले आयोगमा उजुरी हालेको थियो । 

भारतको निर्वाचनमा हिन्दु र मुस्लिमको भोटलाई आफ्नो पक्षमा पार्न दलहरूले कुनै प्नि मौका गुमाउँदैनन् । राहुलले यसको जवाफ दिँदै आफूले पार्टीको रणनीतिबारे बोलेको हुनाले त्यो कुनै पनि दृष्टिकोणले साम्प्रदायिक वक्तव्य नभएको भनेका छन् । आयोगले मंगलबार गान्धीको जवाफप्रति असन्तुष्टि जाहेर गरिसकेको छ । उनको जवाफ सन्तोसजनक नभएको आयोगले भनिसकेको छ । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com