खोटाङ मङ्सिर १३,
कतारमा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारले शव ल्याउन सहयोगको आग्रह गरेका छन्। सवारी दुर्घटनामा परी कतारमा ज्यान गुमाएका रतन्छा २ का २८ वर्षीय हरिप्रसाद फुयाँलको परिवारले शव ल्याउन सहयोग गर्न आग्रह गरेका हुन्।
मृतक परिवारले फुयालको शव ल्याउनका लागि पहलको माग गर्दै दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रसमक्ष आग्रह निवेदन दिएका छन्। मृतक परिवारले दिएको निवेदनका आधारमा शव ल्याउनका लागि पहल थालिएको सुचना केन्द्रका संयोजक नमिन्द्र राईले बताए।
कतारको सिटिसी कम्पनीमा काम गर्दै आएका फुयाँलको सवारी दुर्घटनामा गत आइतबार मृत्यु भएको थियो। साथीको पैसा नेपाल पठाएर कोठातर्फ फर्कनेक्रममा फुयालको दुर्घटनामा ज्यान गएको मृतकका भतिज तारानाथ फुयाँलले बताए। एक वर्षअघि छुट्टीमा घर आएर पुन: कतार पुगेका फुयालका श्रीमती र एक छोरा छन्।