बलात्कारको आरोपमा युवक पक्राउ I

खोटाङ कन्सिर ११,

बालिकालाई बलात्कारको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन्। बलात्कार आरोपमा बाक्सिला ६ का २३ वर्षीय अतित राई पक्राउ परेका हुन्। बाक्सिलास्थित आफन्तको घर गएको समयमा आइतबार राती ९ बजे बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताए।

राई बालिकालाई जबरजस्ती गरिरहेको अवस्थामा भेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका युवकलाई हिरासतमा राखेर कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com