इटहरी कार्तिक २०,
सुनसरी जिल्लाको इटहरी–८ बसपार्क क्षेत्रमा बसोवास गर्दै आएका ४० वर्षीय अनिल चौधरीले आफ्नै सासु ४२ वर्षीया पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरी हत्या गरेका छन्।
धारिलो हतियार प्रयोगबाट गम्भीर घाइते हुन पुगेकी पुनमको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै गएराति मृत्यु भएको हो । घरायसी सामान्य विवाद भएको समयमा ज्वाइ अनिलले सासु पुनमलाई खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहार गर्ने अनिललाई राति नै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस :