अमेरिकामा कुकुर तिहार I

भर्जिनिया (अमेरिका ) कार्तिक १७,

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ । नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किनकी हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए  

चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो परम दायित्व हो भन्दै परदेशिएका नेपालीहरुले घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेकुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर रहेकोमा बिदेशमा त जनावरको हेरचाह मानिसको भन्दा ज्यादा हुने हुनाले झन् आफुलाई खुशी लागेको डिसी महानगर क्षेत्रका एक परिवारले बताए  

नेपाली परिकारको जस्तो खाना जस्तै नभै अमेरिकन शैलीको भाई टिकामा दिदि बहिनिहरुले पुरियामा दिएको जस्तो दिइएको बताएका छन् l कुकुरलाई भैरवको बहान मानिन्छ  यसले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको रेखदेख गर्ने काम पनि राम्रो गर्ने हुनाले यसको सम्मान गर्नु र यसलाई पुज्नु हाम्रो सौभाग्य हो एक परिवारले भने  

​नेपालमा कुकरलाई हेर्ने दृष्टिकोण अलिक फरक तर बिदेशमा आकाश जमिनको फरक बताउदै कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउदै बुद्धिमानी हुन्छ भनि अस्टिन र रजर नामका कुकुर धनिहरुले बताए  सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com