“मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण” I

चितवन-कार्तिक २३,

राजेश रुम्बा लामा : बिगत तिन महिना देखि दुवै मिर्गौलाबाट पिडित चितवन बिरेन्द्र नगर १ कि नानु माया तामाङ्लाई विभिन्न स्थानका सहयोगी दाताबाट प्राप्त भएको ८१ हजार रकम गाउँमै आयोजना गरिएको औपचारिक कार्यक्रममा गाउँ टोलका समाजसेवी,राजनीतिज्ञ र अगुवाईहरुको रोहबरमा गत कतिक २१ गते साँझ पिडितकै घरमा हस्तान्तरण गरियो 

८१ हजार मध्ये गत असोज २५ गते बिरेन्द्र नगर १ घर भै हाल कतारमा कार्यरत बिश्व लामाको सक्रियतामा संकलित ३० हजार भिम बहादुर तामाङ्ग मार्फत प्राप्त भएको थियो। त्यसै गरि बिरेन्द्र नगर १ घर भै कतारमै कार्यरत खेम लामाको सक्रियतामा संकलित २९ हजार म्लांग लामा मार्फत गत कार्तिक ५ गते प्राप्त भएको थियो भने कोरियामा कार्यरत अज्ञात पाल्पाली,आनन्द भटराई,प्रेम कौसल र बुद्धी मोक्तान बाट ५ हजार प्राप्त भएको थियो । 

साथै गत कार्तिक ७ गते बिरेन्द्र नगर गा बि स बाट पनि ५ हजार प्राप्त भएको थियो ।यसै क्रममा इजरायलमा कार्यरत नानी माया योन्जन तामांग बाट पनि २ हजार प्राप्त भएको थियो भने मा कर्यरत् राजु लामाको तर्फ बाट पनि १० हजार सहयोग रकम ‘नानु माया बचाऊ’ अभियानका संयोजक राजेश रुम्बा लामाले पिडित नानु माया तामांगलाई हस्तान्तरण गरेका थिए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com