संविधान लेखनको दोस्रो चुनाब असहज बातावरणमा सहज तरिकाले सम्पन्न भई हार जितको सुचनाहरु पल-पल अपडेट भई रहेको अवस्थामा बिजयीहरुलाई हार्दिक बधाई साथै सफलता प्राप्त चुक्नु भएकोमा सहानुभुती छ,………
चुनाब भनेको खेल हो, खेल मैदानमा उत्रे पछि एकको जित हुन्छ भने अर्को पक्षको हार जो स्वीकार्नै पर्ने हुन्छ कि त खेल खेल्न तयार हुनु भएन,……
हुन त म राजनीती बुझ्दिन तर यो चुनाबको प्रतिफल देख्दा जनता एक छाक खाएर बाँच्न चाहन्छन तर हिँसा चाहदैनन,भन्ने बुझे साथै बिजयी पार्टीहरुले राम्रो काम र जनताको सेवा गरेर पाएको सफलता हो जस्तो लाग्दैन मात्र यो हिँसा नहोस भन्ने सोच मात्र हो किन कि यो सरकार र यो पार्टीहरुको हातमा पहिले नै यो देश नभएको होईन,…………
अर्को कुरा याहा ठुला ठुला व्यक्तित्वहरु पनि कसैको जितमा हर्षले अनेक शब्दको शुभेक्षा प्रदान गर्नु हुदैछ राम्रो हो तर हार्नेहरुलाई तिरस्कृत शब्दहरु प्रयोग गरेको देख्दा नरमाईलो लागेको छ,यो बेला उहाहरुलाई शान्त्वनाको खाँचो छ,र राम्रो र आत्मियता पूर्ण शब्दहरु प्रयोग गरे कति राम्रो हुन्छ होला?बिगत बिर्सन जरुरी छ,यदि साचै हामी सबै नयाँ नेपाल चाहन्छौ भने,न कि हिजोको देशको घाउ खोतलेर अझ ठुलो पार्नु ,…………आखिर जो र जाहाँ भए नि हामी नेपाली हौ बुझ्नु जरुरी देख्छु,एउटालाई दुख्दा अर्को रमाउने हामी कस्तो नेपाली????
कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया