शिशिर सिंखडा
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं चितवन क्षेत्र नं.१ का विजयी
उम्मेदवार सुरेन्द्र पाण्डेले निर्वाचन बहिष्कार गरेको नेकपा माओ
वादी सहितको सहमतीय सरकार बन्ने बताउनुभएको छ ।
पूर्वी चितवन पत्रकार मञ्चले आज पूर्वी चितवनको विरेन्द्रनगरमा आयो
जना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले कांग्रेस र एमाले
लाई जनताले जनमत दिएको भएपनि नेकपा माओवादी र एमाओ
वादीलाई पनि संगै लिएर सरकार बनाउने स्पष्ट पार्नुभयो । उहाँँले
जनताको जनमतलाई आत्मसात् गर्दै मधेशवादी सहितका दललाई सरकार
तथा संविधान निर्माणको बाटोमा ल्याउने बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेले सहमतीय सरकारको लागि हदै
सम्मको प्रयास गर्ने र त्यो सफल नभए बहुमतको आधारमा सरकार
बनाउनुको विकल्प नरहेको जिकिर गर्नुभयो । एक बर्ष भित्र संविधान
निर्माण हुनेमा शंका नगर्न आग्रह गर्दै पाण्डेले विगतमा संविधान
निर्माणको सिलसिलामा नमिलेका मुद्याहरुलाइ सहमतीको आधारमा
टुंग्याएर एक बर्ष भित्रमा संविधान निर्माण गर्ने बताउनुभयो ।
पाण्डेले नेकपा एमाले यसपाली सत्ताको खेलमा नलागेर संविधान
निर्माणमा केन्द्रित हुने बताउनुभयो । अबको समय सरकारमा
अल्झिने होइन, उहाँँले भन्नुभयो । जनताले संविधान बनाउ
भनेका छन्, हामी त्यसैमा केन्द्रित हुनुपर्छ ।
मुलूकको अर्थतन्त्र संग जोडिएको कृषि, पर्यटन र औधोगिकीकर
णको विकास गरी मूलुकलाई आर्थिक समृद्धि तिर लैजाने उहाँको
भनाई थियो ।
देशको अर्थतन्त्र अत्यन्तै कमजोर रहेको बताउँदै
पूर्व अर्थमन्त्री पाण्डेले अब बन्द हड्ताल छाडेर देशमा अहिले
भैरहेको तीन प्रतिशतमा रहेको आर्थिक बृद्धिदरलाई निकै माथि पुर
्याउनुपर्ने अवस्था रहेको समेत बताउनुभयो ।
सो पत्रकार भेटघाट कार्यक्रम मञ्चका अध्यक्ष होमनाथ सापको
टाको अध्यक्षतामा सम्पन्न भएको थियो ।