गज़ल :
सगरमाथा शीर हाम्रो झुक्ने होकी फेरी
सहिदको आलो रगत सुक्ने होकी फेरी
बुद्धका उपदेशलाई सधै मनन नगरी
शान्ति र सद्भाव त्यो लुक्ने होकी फेरी
छत्तिस वर्ण जातजाति साझा फूलवारिमा
सान -मान अस्तित्वनै चुक्ने होकी फेरी
स्वर्ग भन्दा प्यारो प्रकृतिको धनि नेपाल
रड्डी बनाइ सत्रुहरुले थुक्ने होकी फेरी
नेपाल हाम्रो गौरब हो सबै नेपालीको
मुखिया भै विदेशीले भुक्ने होकी फेरी
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल