चितवन मङ्सिर ८,
रवि रोषी : चितवनको रत्ननगर नगरपालिका अन्तर्गत जयमंगलामा रहे
को गामबेसी चेपाङ संरक्षण केन्द्रमा आज राति चोरी भएको
छ । संविधान सभाको निर्वाचनको क्रममा बिद्यालयहरु बन्द
भएको हुनाले विगत ११ दिन देखि चेपाङ बालबालिकाहरु
आफ्नो घर गएको अवस्था पारी अज्ञात ब्यक्तिद्धारा चोरी
भएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए ।
मंसीर ४ गते चितवनको चेपाङ बस्ती लोथर तिर गएको अवस्थामा
आज बिहान नजिकै बस्दै आएका छिमेकीले ढोकाको प्ले
नसीट खोलेको तर ढोकाको चाबी नफुटाएको अवस्थामा र लान
नभ्याएको कापीको बण्डल देखेर अध्यक्षलाई फोन गरेर
घटना सम्बन्धी पहिलो जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय रत्ननगरबाट आएका प्रहरीहरुको समूह
आएपछि मात्र उक्त चाबी खोलिएको थियो ।
चेपाङ बालबालिका
रहने घरको चोटामाथि खाद्य सामाग्री तथा लत्ता कपडा कापी कलम
जस्ता स्टेशनरी सामानहरु यत्रतत्र छरिएको अवस्थामा रहेको थियो
। जाडोमा ओढ्नको लागि सहयोग स्वरुप प्राप्त व्ल्यान्केट
तथा अन्य लत्ता कपडा चाहिँ चोरी नभएको शर्माले इलाका प्र
हरी कार्यालयबाट स्थलगत अनुसन्धानमा आएका प्रहरीहरुलाई
जनाए ।
अध्यक्ष केपीको भनाई अनुसार उक्त गोदाममा सहयो
गदाताहरुबाट प्राप्त २० बोरा चामल, २ कार्टुन तोरीको
प्याकेट तेल, ठूलो परिमाणमा कापी, कलम लगायतका सामानहरु
हराएको बताएका छन् । चोरी भएको स्थानको स्थलगत निरिक्षण
गरीसकेपछि घटनास्थलमा आएका प्रहरी नायब निरिक्षकको रो
हबरमा मुचुल्का उठाएर यस सम्बन्धमा थप अनुसन्धान गर
ी संलग्न व्यक्तिको खोजी कार्य जारी रहने कुरा बताएका
छन् ।