३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको भन्ने समाचार तथ्यहिन I

काठमान्डौ कार्तिक २४,

नेकपा एमाले पिठुवा गाउँ कमिटीले आज एक विज्ञप्ती जारी गरी शुक्रवार आफनो पार्टीका वडा कमिटी सचिव भानुभक्त तिवारी,सदस्य गोपी भट्टराई र सुसन भट्ट लगायत ३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको भन्ने समाचार तथ्यहिन रहेको जनाएको छ । गाउँ कमिटी सचिव इश्वरी प्रसाद अर्याल द्वारा जारी विज्ञप्तीमा वडा सचिव तिवारी तथा सदस्य गोपी भट्टराई र सुसन भट्ट काँग्रेसमा प्रवेश नगरी एमालेमै रहेको जनाईएको छ । 

त्यसैगरी हिजो (शुक्रवार) काँग्रेसमा प्रवेश गरेको भनिएका वडा सचिव भानुभक्त तिवारीको घरमा आज नेकपा एमाले पिठुवा वडा नम्वर ७ को प्रचार प्रसार कार्यालय स्थापना गरिएको क्षेत्र नम्वर २ का प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो । सो कार्यक्रममा वडा सचिव भानुभक्त तिवारी,गाउँ कमिटी अध्यक्ष हरिकुमार श्रेष्ठ,जिल्ला कमिटी सदस्य राजेन्द्र पोखरेल लगायतले बो ल्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com