८ सय ३५ जना एमालेमा प्रवेश I

  रत्ननगर चितवन मंसिर १ ,

शिशिर सिंखडा : नेकपा एमाले चितवन क्षेत्र नं २ ले आफ्नो चुनाबि अभियान अन्र्तगत आज रत्ननगरको सौराहा चोकमा क्षेत्रीय सभा एव साङले जुलुस गरेको छ । क्षेत्र नं २को चैनपुर देखि टिकौली सम्मको पूर्व पश्चिम राजमार्गमा एक आपसमा हात समाई आफ्नो शक्ति प्रर्दशन गरे को थियो । 

सो जुलुसमा हजारौँ एमाले कार्यकर्ताहरु सहभागी भएका थिए । सो सभामा नेपालि काग्रेस र एमाओबादि परित्याग गरी ८ सय ३५ जना नेकपा एमालेमा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई उम्मे दवार कृष्ण प्रसाद खनाल र पोलिटब्युरो सदस्य काशिनाथ अधिकारीले टिका लगाई स्वागत गर्नुभएको थियो । 

जुलुस पछि आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमाले चितवन क्षेत्र नं २ का उम्मेदवार कृष्ण प्रसाद खनालले सुकुम्बासि समस्या समाधान, नदि तट बन्ध लगायतका हरेक स्थानिय बिकाशमा आफ्नो महत्वपूर्ण योगदान रहने बताउनु भयो । उम्मे दवार खनालले बहुजातीय,बहुधार्मीक र बिबिध संस्कृतिको देशमा एमाओबादिले जातिय राज्य भन्दै गृह युद्ध ल्याउन खोजेको बताउनु भयो । १८ हजार निर्दोष नागरीकलाई मारेर उनिहरुको रगतमा होली खेल्दै एमाओबादिका नेताहरु सुख सयलमा रम्दै देशलाई अबनती तर्फ धकेलेको बताउनुु भयो । 

त्यस्तै उम्म्ेदबार खनालले पटक पटक सरकारमा पुगेर पनि जनताको पक्षमा काम गर्न नसकेको नेपाली काग्रेसले कहिल्यै पनि देशलाई निकाश दिन नसक्ने बताउनु भयो । यस पटकको निर्वाचनमा एमालेको बहुमतको बिकल्प नभएको समेत बताउनुभयो । सो कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी , केन्दीय सदस्य केशब लाल श्रेष्ठ, क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटि, एमाओबादिबाट एमाले प्रबेश गरेकी सानि बिक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com