गजल : By, अनिल बन



गजल : 

खुसि आफ्नो बाधि राख्दै डुल्दै छु पर्देशमा
दुख पिडा रहर सबै भुल्दै छु पर्देशमा!

बेदना लाइ लुकाएर ओठमा मुस्कन देखाउन
चर्को घाम सहेर आज घुल्दै छु पर्देशमा!

यस्तै नै रहेछ जिबन बस्दै यहा मन बुझाइ
छाडि आफ्नो नाता सबै घुल्दै छु पर्देशमा!

हराउदै छ निद्रा अनि नलाउछ भोक प्यास पनि
आशुको घुटको पिउदै मत झुल्दै छु पर्देशमा!

अनिल बन
दगा तुम्डाडा ५ बाग्लुङ
हाल -अबु धबि यु ए इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com