गजल
मान्छेले मान्छे खाने मान्छेनै होइन जस्तो लाग्छ
मान्छेको जिन्दगी यहाँ सस्तो भन्दा सस्तो लाग्छ
पटाका नपड्किने देशमा गोला बारुद पड्कियो
शान्ति क्षेत्र भूमिमा आज कस्तो – कस्तो लाग्छ
गाडीहरू पड्किन थाल्यो जनता अब तर्सिन थाल्यो
तनावले ग्रस्त हुँदा विदेश जस्तो त्यस्तो लाग्छ
खाना पस्किँदा अब त भाँडा पनि पड्किन्छ
मरिने डर र त्राशले ढिंडो – गुन्द्रुक निस्तो लाग्छ
यहाँ प्रश्न चिन्ह उठ्छ , किन र कस्को लागि युद्ध
भयले काँपेको जिन्दगी , जिन्दगी छैन जस्तो लाग्छ ।
मानन्धर अभागी