मुक्तक : By, मान थापा ' बुलन्द'



मुक्तक

१,
फाँटैभरि धानका बाला लहलह झुल्छन
लालीगुँरास पाखाभरी मेरै देशमा फुल्छन
मधुर भाका संगै कोहिलिको कुहुकुहुमा
हिमालको माथि माथि डाफे चरी डुल्छन



क्षितिजको पारि गाउमा मेरो सानो घर थियो
ममताको झुपडीमा छानो माथि खर थियो
अचानक आधि आहि उडाई लग्यो कठै सबै
सर्बहारा मलाइ के पिर ओत दिने वर थियो

मान थापा ' बुलन्द'
बाग्लुंग गल्कोट
हाल काठमाडौँ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com