गज़ल : By, साबित्रा लुइँटेल घिमिरे



गज़ल :

मखमली माला उनि पर्खी बस्छु भाइ
तिमी आउने बाटोतिरै फर्की बस्छु भाइ |

तिमी आउने प्रतीक्षामा स्वागत गर्नलाइ
सयपत्री थुंगा च्याती छर्की बस्छु भाइ |

पँधेरामा सँगिनीले भुलाउन सक्छन
संगी संग आजैबाट तर्की बस्छु भाइ |

छुन दिन्न माइतीलाई कालै आए पनी
यमराजको बाटो छेक्दै लर्की बस्छु भाइ |

आशा गर्छु यो सालमा पोहोर झैँ नहोस
आएनौ भने झरी बनी दर्कि बस्छु भाइ |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
नमस्कार


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com