वाशिंगटन डिसी नेपाली दूताबासमा सांगीतिक कार्यक्रम With Video. . . .

भर्जिनिया आश्विन २०, 

विजय थापा : वाशिंगटन डिसी नेपाली दूतावासको आयोजनामा सांगीतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  संयोगबस घटस्थापना कै शुभ साईतमा'' दि एम्बेसी सिरिज ''नामक गैर मुनाफा संस्थाको पहलमा उक्त संगीत कार्यक्रम गरिएको हो  

सन् १९९४ मा वाशिंगटन डिसीमा उक्त संस्था स्थापना भएको हो भने स्थापना काल देखि नै अनवरत रुपमा जुन राष्ट्रको दूताबासमा कार्यक्रमको आयोजना गरिन्छ त्यही देशको संगीत र कलाकारहरु द्वारा बिदेशी पाहुना तथा आमन्त्रित दर्शकहरुलाई भरपुर मनोरंजन गराइने भएकोले यहाँ आयोजित कार्यक्रममा नेपाली गीत र संगीतले खुबै प्रशंसा बटुल्यो  उपस्थित सबैलाई अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा(पी एच डि)ले स्वागत गर्दै सगरमाथाको देश नेपाल हो भन्दै बुद्ध नेपालमा जन्मिएको स्मरण गराउनु भएको थियो 


बिश्वका उच्च १० हिमालय मध्ये ८ वटा नेपालमा भएको जानकारी दिदै नेपाल हिम शिखरहरुको मात्र मुलुक नभै संस्कृतिको बिबिधता रहेको भन्नु हुदै नेपालको भौगालिकताको बारेमा पनि चर्चा गर्नु भएको थियो  अमेरिकनहरु औसदमा नेपाल २३ रात बिताउने पर्यटक भएको तथांकले देखाएको जानकारी गराउनु भएको थियो  मूलत दर्शकलाई बिभिन्न देशहरुका सांगीतिक कलाको आदान प्रदानमा अवसर प्रदान गर्ने हेतुले सहभागिता गराउने मुख्य उदेश्य अनुसार यो बर्ष करिब ७० वटा भन्दा ज्यादा दूताबासमा संगीत कार्यक्रमको आयोजना गरिसकेको ' दि एम्बेसी सिरिज 'नामक (दूताबास शृखंला संस्था )गैर मुनाफा संस्थाले जनाएको छ  

उक्त कार्यक्रममा प्रसिद्ध लोक गायक प्रेम राजा महत ,धेरै बर्ष नेपालमा बसोबास गरि अमेरिका फर्किएकी महिला तारा लिनहार्ट (अमेरिकन लोक संगीत) बोस्टनबाट आउनु भएका मनोज महतले सारंगी ,बाल्टिमोरका उत्तम श्रेष्ठले गितार तथा न्यु योर्कका राज कपुरले मादल आदि नेपाली कलाकारहरुले प्रस्तुति गरेको सांगीतिक कोसेलीलाई बिदेशी अतिथिहरुले भरपुर मनोरंजन लिएका थिए  

डिसी नेपाली दूताबासको सौजन्यतामा कार्यक्रमको आयोजना गरिएको थियो  उक्त अवसरमा नेपाली बिभिन्न परिकारका स्वादिस्ट भोजन पनि गराईएको थियो भने बिदेशीहरुले नेपाली खानाको चर्चा गरेका थिए  सांगीतिक कुटनीति संगीतको माध्यमबाट भन्ने नारा रहेको उक्त गैर मुनाफा संस्थामा अमेरिकन पाका (बुर्जुग )मानिसहरु द्वारा संचालितमा रहेको छ 

==>> Video . . . . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com