“हुण्डाई एक्सपेरियन्स”को विशेष अफर सम्पन्न Photo Feature...

 चितवन आश्विन १५ , 

पूर्वी चितवनको रत्ननगरमा एक दिने अफर हुने :

राजेन्द्र आचार्य :चितवनको नारायणगढमा सञ्चालित “हुण्डाई एक्सपेरियन्स” दुई दिने विशेष अफर मंगलबार सम्पन्न भएको छ । विख्यात हुन्डाई कम्पनीको हुन्डाई एक्सपेरियन्स अफर पिनाकल सर्भिस सेन्टर न्यूरोड नारायणगढमा चलेको थियो । 

चितवनमा नै पहिलो पटक १६ लाख ७६ हजार देखि १ करोड २० लाख मुल्य पर्ने हुन्डाईका विभिन्न मोडलका कारहरु प्रर्दशनी तथा विक्रिका लागि राखिएको अफरमा ४० जनाले टेस्ट ड्राईभ, ४ वटा कार डेलिभरि र ३ वटा कार एक्सेन्ज र ३ वटा कार बुकिङ्ग भएको हुण्डाई गाडीका लक्ष्मी इन्टरकन्टीनेटल प्रा.लिका डिलर सेल्स ईन्चार्ज सुरेन्द्र केसीले बताए । दशै, तिहार र छठ पर्वलाई लक्षित गरि हुण्डाई गाडीको चितवनमा सो दुई दिने विशेष अफरमा शुरु भएको थियो । 

साथै पूर्वी चितवनको ग्राहक वर्गको सहुलियतका लागि पूर्वी चितवनको रत्ननगर टाडीँमा समेत दशै तिहारको विच एक दिने “हुण्डाई एक्सपेरियन्स” अफर गरिने प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । हुण्डाई कारका ग्राहकवर्गहरुको चहानालाई मध्येनजर गर्दै चितवनमा “हुण्डाई एक्सपेरियन्स” दुई दिने विशेष अफर हुण्डाई गाडीको चितवनका लागि आधिकारिक विक्रेता पिनाकल ट्रेडिङ्ग कन्र्सन प्रा.लिले चितवनमा सञ्चालन गरेको थियो । 

दुई दिन सम्म चलेको अफरको अन्तिम १०० जनाले अवलोकलन गरेको पिनाकल टेडिङ्ग कन्र्सन प्रा.लि. प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठले जानकारी दिए । एक्सपेरियन्स अफरमा टेस्ट ड्राईभ, स्पट एक्चेजन, स्पट फाईन्नास, स्पट ईन्सोरेन्स र रिफ्रेसमेन्ट सुविधा उपलब्ध गराएको थियो । साथै अफर अवधिमा हुण्डाई कार खरिद गर्न ग्राहकले ६५ हजार देखि ५ लाख सम्म नगद छुट, सुपर लक्की ड्र मार्फत १० जनालाई ५० तोला सुन र बम्फर उपहारमा लक्की ड्र मार्फत दुई जना ईओन कार पाउने भएका छन् । लक्ष्मी इन्टरकन्टीनेटल प्रा.लिले यो अफर देश भर नै भदौ १६ देखि कार्तिक २३ गते लागु गरिएको जनाएको छ ।







Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com