भनिन्छ आज भन्दा करिवन ३००० बर्ष अगाडी जब आर्यहरू हिन्दुज नदिमा आइ सभ्यताको बिकास गर्न थाले तब देखि जीवनका दैनिकीलाइ शैली बद्ध रूपमा नियम बनाउदै जादा एक अर्को हुदै मुखाखर सयौ बर्ष चलन चल्दै गयो र पछि धेरै अनुभव र अनुसन्धान पछि लिपी बद्धको रूपमा एजुर्बेद बन्यो जुन बिश्वको पहिलो ग्रन्थको रुपमा मानिदै आएको छ ।
सोर्ह सराद्ध भाद्र शुक्ल पूर्णिमा देखि औसी सम्म हाम्रा बितेर गएका पूर्वजहरुले बर्ष भरी प्रतिक्षा गर्दै बसेका हुन्छन रे आफ्नो सन्तान बाट पाउने स्रद्धा सुमनको ।
निशा अर्याल
हाल, इजरायल
हुन् त् आफुलाई संसार देखाउने पूर्वज संग जोडिएको यो रगतको सम्बन्ध भए पनि समय ,परिस्थिति र व्यस्तताले सधै उनीहरुको सम्झनामा लिन हुन् सकेका छैनन मानिस । तर हामीलाई आशिर्बाद दिन ,हाम्रो कृतिहरुलाई ,स्वभाव हरुलाई उनीहरुले विचार गर्न चन्द्रलोकको माध्यमबाट दक्षिण दिशामा आफ्नो मृत्यु तिथीका दिन आफु हुदाको जन्म थलो आफ्नो सन्तानलाई राखिएको आफ्नो घरको ढोकामा आउछन अरे अनि त्यहा पाएको सम्मानले गर्दा आफ्ना सन्तानको रक्षा गर्दै नया पिढीलाई आशिर्वाद दिन्छन अरे ।
सायद यस्ता शक्ति शाली बितेर गएका आफ्ना पूर्वज वाटको अनुभूतिले गर्दा होला आर्यहरूले प्रकृतीको पुजा गर्न चलन बनाए , जो बाट जीवन मिल्यो र जीवित रहन संसार हेर्न सम्भव भयो उसको सम्मान अनि श्रद्धा गर्ने चलन चलाए। पुर्खाको सम्मान र सम्झना गर्ने बिधि बनाएर बार्षिक रूपमा सम्पूर्ण पुर्खालाइ सम्झेर पिण्ड दिदै आफन्तलाई बोलाउने र बाहुनलाई श्रद्धाले भोजन गराई खुशी पार्दै श्राद्ध गर्ने चलन बसाए ।
जीवित हुँदा घर परिवार भए झैँ जब मानिसको मृतु हुन्छ त्यो बेला उनीहरू आकासको एक तह स्थानमा गइ बसेका हुन्छन अरे, । त्यसैले त्यो ठाउलाइ पितृलोकको संज्ञा दिएका हुन् अरे !घर्म ग्रन्थको मान्यता अनुसार पितृलोकको एक दिन, हाम्रो पृथ्वीलोकको एक बर्ष हुन्छ अरे त्यसैले हामीले स्रद्धा गरी चढाएको खाना वा अर्पण गरेको बस्तु श्रद्धा सुमन उनीहरूले हरेक दिन प्राप्त गर्ने गर्दछन अरे ।
यसरी यो चलन हजारौ बर्ष देखि चल्दै आयो। पाकिस्तानको हिन्दुज नदिको सभ्यतामा यसको बिकास भएकोले गर्दा होला आज पनि भारतमा आर्यहरूको बसाइ सर्दा पनि हिन्दुज नामले चिनिने गर्दछन त्यसैले होला आज हिन्दुस्तान र धर्म हिन्दु नामले चिनिएका होलान ।
हामी बर्षो देखी पुर्खाको सम्मानको खातिर बिधीबत रूपमा श्रद्धा र अपभ्रंस भइ आज श्राद्धको रूपमा मनाउदै आइरहेका छौं।
आगो यो प्राकृतीक बस्तु होइन तिनै पुर्खाले गरेका योगदान आबिष्कार हो। यस्ता कैयौ किसिमका आबिष्कारको सम्झनामा जसरी , जुन बिनाको जीवन कति कष्टकर छ ,कति अन्धकार छ गहन भएर सोचौ र यसका लागी पनि उनीहरु प्रतीको कृतज्ञता हामीले गर्नु जरुरि छ !
हामीले आफ्नो हिन्दु धर्न्म अनि संसारको अन्त हुन् नदिन र भावी सन्ततिले पनि जानी राख्नुन र सम्मान गरुन भनेर पनि सधै आफु भन्दा ठुलाले सिकाउदै र आज सम्म पनि बर्षमा बितेको दिन र तिथि परेर अनि पुर्खाको एक मासिक पर्व निरन्तर मनाइ रहेका छन् सोर्ह श्राद्ध नामले।
यस परिपेक्षमा समस्त पुर्खा जसले हामीलाइ जन्म दिनु भयो र मानब जीवनको महत्व थाहा भयो जसले हामीलाई रोशनी दिई आखा देखाउदै सधै असल बाटो हिड्न चेतना दिदै हरपल डोर्याइ राख्नु भयो र आज हामी बिच शरीर नरहेता पनि सधै जीवनमा असल बाटो देखाउन र सम्पूर्ण आफ्ना सन्नतिको रक्षा गर्दै आशिर्बाद दिनु होश भन्दै दशौ पुस्ताका पितृहरु प्रति म बुहारी भएर बाध्यताले पर्देसी जीवन बिताउन परे पनि आज मेरो अगाडी ठिंग उभिनु भएको(कर्म दिने ) ससुरा बुवा र जन्म दिने( बुवा) अनि वहाहरु संग क्रम बद्ध रुपले जोडिदै आउनु भएको सम्पुर्ण दशौ पुस्ताका पितृहरु प्रति यो मरभुमी देश इजरायलमा रहेर पनि आफ्नो कर्तब्य पालन गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु !
सबै पितृ हरुमा भाव पूर्ण सद्धा सुमन" ओम पितृ देव भव: ।
निशा अर्याल
हाल, इजरायल